कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख भन्दा अधिक विद्यार्थी सहभागी हुँदै

वैशाख २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
कक्षा १२ को परीक्षा आजदेखि, ५ लाख भन्दा अधिक विद्यार्थी सहभागी हुँदै

काठमाडौं । उच्चशिक्षाको ढोका खोल्ने खुड्किलोका रूपमा रहेको विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा आज अर्थात् आइतबारदेखि सुरू हुँदैछ । देशभरका परीक्षा केन्द्रबाट एकैसाथ कक्षा १२ को परीक्षाको सुरू हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

५ लाख ११ हजार ५ सय २५ विद्यार्थी सहभागी हुँदैछन । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय र आंशिकतर्फ १ लाख १५ हजार ६ सय परीक्षार्थी छन ।

परीक्षाका लागि देशभर १५ सय ९१ केन्द्र तोकिएको छ । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, सुरक्षाकर्मी गरी ५० हजार जनशक्ति परिचालन हुनेछन । शिक्षक आन्दोलनका कारण परीक्षा बोर्डले छोटो अवधिमै सबै तयारी पुरा गरेर परीक्षा सञ्चालन गर्न लागेको हो ।

कक्षा १२ को परीक्षामा सबैभन्दा कम मनाङमा ४५ जना सहभागी हुँदैछन् भने सबैभन्दाबढी काठमाडौंमा ६८ हजार १ सय ३३ जना छन । जापानमा रहेको एक विद्यालयका ३७ जना नेपाली विद्यार्थी पनि सहभागी हुँदै छन ।

परीक्षामा मोबाईल फोन, स्मार्ट घडी र इलेक्ट्रोनिक डिभाइस लैजान निषेध गरिएको छ । स्थानीय तहलाई पनि परीक्षा मर्यादित बनाउन परिचालन गरिएको छ । विद्यालय तहको अन्तिम परीक्षा भएकाले उच्चमनोबलका साथ सहभागी हुन शिक्षाविद्ले सुझाव दिएका छन ।

कक्षा १२ को परीक्षा जेठ २ गतेसम्म चल्ने छ । विद्यार्थीको भविष्यसँग जोडिएको उच्चशिक्षाको आधारसिलाको रूपमा रहेको १२ कक्षाको परीक्षालाई शान्त, अनुशासित र व्यवस्थितरुपमा सम्पन गर्नु सबैको दायित्व हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.