सरकार र शिक्षकबीचको वार्ता सहमति नजिक

वार्ता निष्कर्षमा नपुगेकाे कारण आन्दाेलन जारी राख्ने महासंघकाे भनाइ
वैशाख १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार र शिक्षकबीचको वार्ता सहमति नजिक

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तसहित मन्त्रालयका उच्च पदस्थ अधिकारी र नेपाल शिक्षक महासंघका प्रतिनिधिबीच गएराति भएको वार्ता सहमति नजिक पुगेको छ ।

झण्डै तिनघण्टा भएको छलफलमा शिक्षकहरुको ९ बुदे मागहरुको विषयमा मन्त्री परिषद्ले गर्नुपर्नै निर्णयका विषयमा सहमति नजिक पुगेको शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले जानकारी दिनुभयो ।

शिक्षा विधेयक ससद्मा पेश गर्न गुहमन्त्रीमार्फत् सरकारले प्रतिबद्धता व्यक्त गर्नै भएको महासंघ महासचिव थापाले जानकारी दिनुभयो । वार्ता सहमति नजिक पुगेको तर निष्कर्ष भन्ने नभएकोले आन्दोलन जारी राख्ने महासङ्ले जनाएको छ ।

सरकार र संघबीच भएको वार्ताका विषयमा अहिले बिहान ८ बजे शिक्षक महासंघ र शिक्षकका घटकहरूकाे बैठक बस्न लागेको बताइएकाे छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.