शिक्षकहरूसँगको वार्ता सकारात्मक भएको सूचनामन्त्री गुरूङको भनाइ

वैशाख १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिक्षकहरूसँगको वार्ता सकारात्मक भएको सूचनामन्त्री गुरूङको भनाइ

काठमाडौं । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आन्दोलनरत शिक्षकहरूसँगको वार्ता सकारात्मक भएको बताउनुभएको छ ।

मन्त्रिपरिषद् बैठकपछि संचारकर्मीहरूसँग बालुवाटारमा बोल्दै सञ्चारमन्त्री गुरूङले शिक्षामन्त्रीले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग गरेको वार्ता सकारात्मक भएको जानकारी प्राप्त भएको बताउनुभयो।

भोलीसम्ममा शिक्षकहरूका मागबारे सहमति भई विद्यालय सञ्चालनको वातावरण बन्ने अपेक्षा गरिएको मन्त्री गुरूङको भनाइ छ ।

मन्त्रिपरिषदको बैठक बस्नु अघि सरकारका ३ मन्त्रीहरू अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त र एमाले महासचिव शंकर पोखरेल साथै कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक महासंघका पदाधिकारीहरूसँग आन्दोलन र मागका बारेमा छलफल गरेको बुझिएको छ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको निवासमा करिब ३ घण्टा छलफल गरेर ३ जना मन्त्रीहरू मन्त्रिपरिषदको बैठकमा बालुवाटार जानु भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.