काठमाडौं । विद्यालय शिक्षा विधेयकको माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज पनि प्रदर्शन जारी राखेका छन् ।
तीन साता यता शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलामा बिरोध जारी राखेका हुन् । उनीहरूले विद्यालय शिक्षा विधेयक जारी नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिँदै आएका छन् ।
सरकारले वैशाख १२ गते बजेट अधिवेशन बोलाएको छ । शिक्षकका मागहरू बजेट अधिवेशनबाट विद्यालय शिक्षा विधेयक ल्याएर पूरा गर्ने आश्वानस दिएपनि जारी नगरेसम्म आन्दोलन नरोक्ने शिक्षकहरूको अडान छ ।
शिक्षकहरूको आन्दोलका कारण वैशाख ११ गतेबाट सुरू हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित भएको छ । सरकारले वैशाख महिनाभित्र शिक्षकहरूको माग पूरा गर्ने विद्यालय शिक्षा विधेयक पनि पारित गर्ने आश्वासन दिएको छ । तर शिक्षकहरू सरकारको आश्वासनप्रति विश्वस्त हुन सकिरहेका छैनन् ।