विद्यालय शिक्षा अवरुद्ध नगर्न र पठनपाठन सुरू गर्न मण्डनदेउपुर नगरपालिकाको आग्रह(विज्ञप्तिसहित)

वैशाख ११, २०८२ |पुजन धिताल
विद्यालय शिक्षा अवरुद्ध नगर्न र पठनपाठन सुरू गर्न मण्डनदेउपुर नगरपालिकाको आग्रह(विज्ञप्तिसहित)

काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकाले नेपाल शिक्षक महासंघको आह्वानमा असोज देशभर जारी शिक्षकहरूको आन्दोलनले विद्यालय शिक्षामा गम्भीर असर पारेको विषयमा चिन्ता व्यक्त गर्दै नियमित पठनपाठन अविलम्ब सुरू गर्न आग्रह गरेको छ।

नगर प्रमुख टोक बहादुर वाइबाले हस्ताक्षर गरेको सूचनामा कक्षा १२ को वार्षिक परीक्षा तथा शैक्षिक सत्र २०८२ को अन्त्यतर्फको तयारीको समयमा शिक्षण गतिविधि प्रभावित हुनु बालबालिकाको शिक्षामा दीर्घकालीन असर पार्ने उल्लेख गरिएको छ। 

स्थानीय सरकार शिक्षाका सवालमा जिम्मेवार रहेको जनाउँदै नगरपालिकाले पठनपाठनलाई नियमित गर्नुपर्नेमा जोड दिएको छ।

सूचनामा विद्यालय सुधार योजना, शिक्षक तालिम, विषयगत अभिमुखिकरण लगायतका कार्यक्रमहरू अवरुद्ध हुँदा बालबालिकाको शैक्षिक व्यवहारमा नकारात्मक असर पर्ने भन्दै नगरपालिकाले आन्दोलनकारी शिक्षक संघहरूलाई माग र विचार राख्ने आफ्नो अधिकार प्रयोग गर्दा बाल अधिकार र शिक्षाको मर्यादा ख्याल गर्न अनुरोध गरेको छ।

नगरपालिकाले बैशाख ११ गतेदेखि नै विद्यालय नियमित सञ्चालनमा ल्याउन सम्पूर्ण शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलगायतलाई आह्वान गरेको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।