शिक्षा विधेयकमा निजी विद्यालयलाई कम्पनीमै रहने व्यवस्था गरियोस् : प्याब्सन

चैत्र १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
शिक्षा विधेयकमा निजी विद्यालयलाई कम्पनीमै रहने व्यवस्था गरियोस् : प्याब्सन

काठमाडौं । शिक्षा विधेयकमा निजी विद्यालयहरुलाई कम्पनीमै रहने व्यवस्था कायम राख्न निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले सरकारसँग माग गरेको छ ।

प्याब्सनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी निजी विद्यालयको लगानी सुनिश्चित गरी लगानीमैत्री वातावरणको सृजना गर्न आग्रह गरेको हो । 

शिक्षा विधेयकमा उल्लेख गरिएको कम्पनी कानुन बमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शैक्षिक गुठीका रुपमा रुपान्तरण गरी सञ्चालन गर्न सकिने व्यवस्थाप्रति प्याब्सनले असहमति जनाएको हो ।

पछिल्लो समय पठन संस्कृतिमा आएको ह्रासप्रति चिन्ता व्यक्त गर्दै प्याब्सनले विभिन्न छात्रवृत्ति कार्यक्रममा देखा परेका समस्या निराकरण गर्दै लक्षित वर्गसम्म पुर्‍याउनसमेत आग्रह गरेको छ ।

प्याब्सन आवद्ध २ हजार ३ सय ७० निजी विद्यालय सामाजिक सुरक्षा कोषमा आवद्ध भइसकेको जानकारी गराउँदै बाँकी विद्यालयहरु पनि विस्तारै कोषमा आवद्ध हुने प्याब्सनले जनाएको छ । प्याब्सनले विद्यालयहरु बाल शिक्षामैत्री हुनुपर्नेमा आफूहरु सजग रहेको पनि जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.