जनशक्ति पलायनको स्थिति रोक्नुपर्छ : प्रधानमन्त्री दाहाल

माघ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
जनशक्ति पलायनको स्थिति रोक्नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बौद्धिक जनशक्ति पलायनको भयावह स्थिति रोक्नुपर्ने बताएका छन् ।

राजर्षिजनक विश्वविद्यालयको सातौं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विद्यार्थीको बौद्धिक पोषणका निम्ति साधना, क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् ।

उनले राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्बिर र भविष्य अन्तर्निहित हुने भन्दै शिक्षा पद्धतिलाई युगानुकूल सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको भन्दै विश्वविद्यालयहरूको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको बताए । विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइ अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने आश्वासन पनि उनले दिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.