चिकित्सा शिक्षामा नीतिगत र संस्थागत सुधार आवश्यक छ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्रीको प्रतिबद्धता- सबै प्रदेशमा चिकित्सा शिक्षा विस्तार
मंसिर ४, २०८० |कान्तिपुर टीभी संवाददाता
चिकित्सा शिक्षामा नीतिगत र संस्थागत सुधार आवश्यक छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चिकित्सा शिक्षाको नीतिगत र संस्थागत सुधार आवश्यक रहेको बताएका छन् ।

चिकित्सा शिक्षा आयोगको १२औं बैठकमा प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा सुधारका लागि सबैले मिलेर काम गर्नुपर्ने धारणा राखे ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन वृद्धि मात्र नभई गुणस्तरीय अध्ययन/अध्यापनका न्यूनतम मापदण्ड पालनासमेत अनिवार्य रहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा अध्ययन/अध्यापनलाई मुलुकको सबै प्रदेशमा विस्तार गरी सबै प्रकारका जनशक्ति उत्पादन र जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य सेवा सहज बनाउन सरकार प्रतिबद्ध रहेको जनाए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.