
काठमाडौं । विद्युतीय सामग्रीको चिनियाँ उत्पादक कम्पनी माइडियाले नेपाली बजारमा नयाँ एसी लञ्च गरेको छ ।
अभिनेता राजेश हमालले माइडिया एक्सट्रिम प्लस इन्भर्टर एसी लञ्च गर्नुभएकाे हाे । यो एसी विश्वकै स्मार्ट रहेको कम्पनीको दाबी छ । यो एसी एआई प्रविधिमा आधारित रहेको कम्पनीले बताएको छ ।
साथै यो एसीले ७५ प्रतिशतसम्म बिजुली बचाउने र बिजुली खपतको बारेमा एपमा जानकारी समेत लिन सकिने कम्पनीले जनाएकाे छ । नेपालमा भोल्टेजमा बेलाबेलामा परिवर्तन हुने समस्यालाई मध्यनजर गर्दै बनाइएको कम्पनीको भनाइ छ ।
माइडिया नेपाली बजारमा प्रवेश गरेको बीस वर्ष बितिसकेको छ।