
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद महेन्द्रबहादुर शाहीले सरकारले वैदेशिक अनुदान र ऋणको भरमा देश चलाउने प्रयास गर्न नहुने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले देशमा आत्मनिर्भर अर्थतन्त्रको विकासमा ठोस कदम चाल्न पनि सरकारलाई सुझाव दिनुभयो । सांसद शाहीले सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
उहाँले भू-राजनीतिक संवेदनशीलतालाई ध्यानमा राखेर परराष्ट्र नीतिलाई अघि बढाउन पनि सरकारले ठोस कदम चाल्न आवश्यक रहेको बताउनु भयो । सांसद शाहीले सरकारले विना भेदभाव मुलुकमा सुशासन कायम गर्ने अभियानलाई तिव्रता दिनुपर्ने बताउनु भयो ।