काठमाडौं । उर्जा संकटको समाधान नखोजे अर्थतन्त्रमा गम्भीर असर पर्नेमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम सरोकारमा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपाल, निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डे र उद्योगी रघुनन्दन मारूले उर्जा संकट र यसले बढाउन सक्ने मंहगी डरलाग्दो हुन सक्नेमा चिन्ता व्यक्त गरेका हुन् ।
उनीहरूले हाललाई पेट्रोलियम पर्दाथमा रहेको कर छुट दिएर भए पनि नागरिकलाई राहत दिनुपर्नेमा जोड दिएका छन् । यस्तै निर्वाचन क्षेत्रमा यसअघि घुसभन्दा पनि फिरौती नै तिर्नुपर्ने अवस्था रहेको र त्यसलाई रोक्न सके अर्थतन्त्रमा सुधार हुने उहाँहरूको भनाइ थियो ।