
काठमाडौं । निजामती प्रशासनले कानुन, जनहित र सरकारको गतिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा प्रशासकहरूले जोड दिएका छन् ।
गुल्मेली अधिकृत समाजले नयाँ वर्ष २०८३ सालको उपलक्ष्यमा शुक्रबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदान-प्रदान कार्यक्रममा प्रशासकहरूले नयाँ सरकारले जन अपेक्षालाई सम्बोधन गर्दै तिव्र गतिमा काम गर्ने लक्ष्य राखेको र विधिको पालना गर्दै कर्मचारीले पनि त्यसलाई सघाउनुपर्नेमा जोड दिए ।
समाजका अध्यक्ष तथा नेपाल सरकारका सचिव डा. रामप्रसाद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसचिवहरू कृष्ण ज्ञवाली, युवराज भुसाल, पेमनारायण कणेंललगायतले निजामती कर्मचारीहरूले कानुनको पालना गर्दै सेवा प्रवाहलाई छिटो छरितो र सहज बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भित्तेपात्रो लोकार्पण गरिएको थियो भने निजामती सेवामा नवनियुक्त अधिकृत, बढुवा एवं अन्य क्षेत्रमा नियुक्त गुल्मेलीहरूलाई बधाइ तथा शुभकामना ज्ञापन गरिएको थियो । कार्यक्रमको सञ्चालन सामाजिक सेवा एवं भित्तेपात्रो प्रकाशन समितिका संयोजक योगराज कंडेल शर्माले गर्नुभएको थियो ।