सहकारीले गरिबी समाधानमा सकारात्मक भूमिका खेलेको मुख्यमन्त्री बानियाँको भनाइ

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
सहकारीले गरिबी समाधानमा सकारात्मक भूमिका खेलेको मुख्यमन्त्री बानियाँको भनाइ

हेटाैंडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँले सहकारी संस्थाहरूले गरिब दिनदु:खीहरूको समस्या समाधानमा सकारात्मक भूमिका निर्वाह गरेको बताउनुभएको छ । 

६९औं राष्ट्रिय सहकारी दिवसको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले सहकारी संस्थामा गलत उद्देश्यसहित आएका केही मानिसहरूका कारण सहकारी क्षेत्र बदनान भएको बताउनुभयो । बागमती प्रदेश सरकार सहकारी क्षेत्रसँग समन्वय गरेर अघि बढ्न तयार रहेको उहाँले बताउनुभयो । सहकारी रजिष्ट्रार कार्यालय काठमाडौंमा रहे पनि यसको सेवा हेटौंडामा समेत विस्तार गर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा सहकारी गरिबी निवारणमन्त्री बिनु रायमाझीले सहकारी क्षेत्रका समस्या समाधान गर्न बागमती प्रदेश सरकारले सकारात्मक भूमिका निर्वाह गरेको दाबी गर्नुभयो । सहकारी दिवसको अवसरमा हेटौंडाको हुप्राचौरबाट र्‍याली निकालिएको थियो । र्‍यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.