
विराटनगर । कोशी प्रदेशको पर्यटन प्रवर्द्धन र विकासलाई लक्षित गर्दै इटहरीमा 'इस्टर्न ट्राभल मार्ट' सुरू भएको छ ।
शनिबारदेखि सुरू भएको मार्टको कोशी प्रदेशका वन वातावरण तथा पर्यटनमन्त्री भीम पराजुलीले उद्घाटन गर्नुभयो । तीन दिनसम्म चल्ने कार्यक्रम पर्यटन क्षेत्रको प्रवर्द्धन तथा व्यवसायिक सञ्जाल विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।
विशेष गरी भारतीय पर्यटक र पर्यटन व्यवसायीलाई लक्षित गरिएको कार्यक्रममा प्रदेशका पर्यटन व्यवसायी, होटल व्यवसायी, ट्राभल तथा टूर अपरेटर, ग्रामीण तथा धार्मिक पर्यटनसँग सम्बन्धित संघ-संस्थाहरूको सहभागिता रहेको छ । कार्यक्रममा भारतका पश्चिम बंगाल, बिहार र सिक्किमलगायतका क्षेत्रबाट करिब दुई सय पर्यटन व्यवसायीहरूको सहभागिता रहेको छ ।