खहरेखोलामा बाढी आएपछि बीपी राजमार्ग अवरूद्ध

चैत्र १३, २०८२ |पुजन धिताल
खहरेखोलामा बाढी आएपछि बीपी राजमार्ग अवरूद्ध

काभ्रे । जिल्ला काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-९ बिरूवा डाँडास्थित बीपी राजमार्गमा खहरेखोलामा आएको बाढीका कारण सडक अवरूद्ध भएको छ।

शुक्रबार साँझ करिब समयमा परेको वर्षापछि खोलामा आएको बाढीले सडकमाथि पानीको बहाव बढाउँदा सवारी साधन सञ्चालन पूर्ण रूपमा प्रभावित भएको हो। अचानक आएको बाढीका कारण उक्त सडक खण्डमा यात्रु तथा सवारी साधनहरू बीच बाटोमै रोकिएका छन्। 

हाल सम्बन्धित निकायले अवस्था सामान्य बनाउने प्रयास गरिरहेको जनाएको छ। सडकको अवस्था जोखिमपूर्ण रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परेमा सम्बन्धित निकायसँग जानकारी लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासन तथा प्रहरीको अनुरोध रहेको छ।

मौसम प्रतिकूल रहेको अवस्थामा थप जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन समेत आग्रह गरिएको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।