
धादिङ । वर्षाले पृथ्वी राजमार्गअन्तर्गत धादिङखण्ड अवरूद्ध भएको छ।
शुक्रबार साँझको वर्षाका कारण सडकमाथिबाट झरेको लेदोसहितको पहिरोले कृष्णभिर खण्डमा सडक पूर्णरूपमा अवरूद्ध पारेको हो।
निर्माणाधीन मुग्लिन नागढुङ्गा सडक आयोजनाको उपकरणले अवरूद्ध सडक खुलाउने प्रयत्न भइरहेकाे छ।