एफएनसीसीआईका पदाधिकारीलाई दलगत आबद्धता निषेध गर्ने श्रेष्ठको घोषणा

चैत्र ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एफएनसीसीआईका पदाधिकारीलाई दलगत आबद्धता निषेध गर्ने श्रेष्ठको घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले महासंघका पदाधिकारीहरू कुनै पनि राजनीतिक दलमा आबद्ध हुन नदिने व्यवस्था विधानमै समावेश गर्ने घोषणा गर्ने घोषणा गर्नुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित आसन्न ६०औँ वार्षिक साधारण सभाका लागि प्यानल घोषणा कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो घोषणा गर्नुभएको हो । उहाँले महासंघका पदाधिकारीहरू राजनीतिक दलहरूसँग आबद्ध भएकै कारण निजी क्षेत्र कमजोर भएको जिकिर गर्नुभयो । 

उहाँले अगामी कार्यकालमा निजी क्षेत्रलाई सशक्त बनाउन महासंघको नेतृत्वले उद्योगी व्यवसायीका गुनासा सुन्ने प्रभावकारी संयन्त्र निर्माण गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले आफ्नो अध्यक्षको कार्यकालमा डेटा र अनुसन्धानमा आधारित नीति निर्माणतर्फ अघि बढ्ने स्पष्ट पार्नुभयो । 

उहाँले उद्योगीका समस्या पहिचान गरी सरकारसँग सहकार्य गरेर समाधान निकाल्ने भन्दै अब उद्योगी व्यवसायीले हाम्रो कुरा सुनिएन भन्ने अवस्था अन्त्य गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । उहाँले गुनासा संकलन, विश्लेषण र नतिजामुखी समाधानका लागि संस्थागत संयन्त्र विकास गर्ने योजना समेत सुनाउनु भयो । 

श्रेष्ठले ऐन तथा नियम संशोधनका लागि सरकारलाई मात्र दबाब दिने परम्परागत अभ्यास अन्त्य गर्दै सार्वजनिक सरोकारका विधेयकहरू स्वयं संसद्‌मा लैजाने रणनीति अघिका साथ काम गर्ने वचन पनि दिनुभयो । उहाँले जिल्ला उद्योग वाणिज्य संघ तथा वस्तुगत समितिहरूमा देखिएको स्रोत अभाव समाधानका लागि स्थानीय तथा प्रदेश सरकारसँग संघीय तहबाट समन्वय गरिने समेत बताउनु भयो । 

महासंघको विधानअनुसार ६०औँ साधारणसभाबाट श्रेष्ठ स्वतः अध्यक्ष हुनुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.