एक सातामा ३४ हजार रूपैयाँले घट्यो सुनकाे मूल्य

चैत्र ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एक सातामा ३४ हजार रूपैयाँले घट्यो सुनकाे मूल्य

काठमाडौं । नेपाली बजारमा साेमबार सुनको मूल्य तोलामा ६ हजार ५ सय रूपैयाँ घटेको छ । 

अघिल्लो दिन १२ हजार ५ सय रूपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय रूपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८२ हजार रूपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य एक साताकै अवधिमा ३४ हजार रूपैयाँ घटेको छ ।

गत सोमबार प्रतितोला ३ लाख ९ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । गत माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार ३ सय रूपैयाँ पुगेको रेकर्ड छ । पश्चिम एसियाली मुलुकमा बढेको द्वन्द्वले तेल महँगिदा विभिन्न मुलुकलाई खरिदका लागि आवश्यक अमेरिकी डलर पनि बढाउनुपर्ने चुनौती छ, यसले डलरको मागसँगै मूल्य बढिरहेको छ । 

सुन बिक्रीबाट डलर जोहो बढेसँगै सुनको मूल्यमामा उच्च गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । साेमबार चाँदीको मूल्य तोलामा १ सय १५ रूपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ५ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४ सय २५ रूपैयाँमा झरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.