सुनको मूल्य तोलामा साढे १२ हजारले सस्तियो

चैत्र ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुनको मूल्य तोलामा साढे १२ हजारले सस्तियो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १२ हजार ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ तोकेको छ ।

यसअघि सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३ सय ५५ रुपैयाँ घटेको छ । चाँदी आज तोलामा ४ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.