आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने सरकारको निर्णय

माघ २६, २०८२ |कान्तिपुर टीभी संवाददाता
आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने भएको छ ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको हो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका गृहमन्त्री ओमप्रकाश अर्यालले सो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गरिएको बताउनु भयो । 

संवैधानिक व्यवस्थाअनुसार सरकारले हरेक वर्षको आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने हुन्छ । गृहमन्त्री अर्यालले भन्नुभयो,‘राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश स्वीकृत गर्ने । नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन सम्माननीय राष्ट्रपतिज्यू समक्ष पेस गर्ने निर्णय भयो ।’

त्यसैगरी बैठकले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्यांक संकलन गर्ने आदेश पनि स्वीकृत गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.