काँग्रेस कसैसित तालमेल गर्दैन : विश्वप्रकाश शर्मा

माघ १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
काँग्रेस कसैसित तालमेल गर्दैन : विश्वप्रकाश शर्मा

का‌ठमाडौै । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनमा नेपाली काँग्रेसले कुनै पनि क्षेत्रमा कसैसँग तालमेल नगर्ने बताउनुभएको छ । काठमाडौंमा आज आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीमा अघि सारेको र उहाँ नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि भएको दाबी गर्नुभयो । 

अहिले प्रधानमन्त्रीका उम्मेदवारहरु कोही भदौ २३ र कोही भदौ २४ का रहेको भन्दै उहाँले काँग्रेसको उम्मेदवार माघ १ को रहेको जिकिर गर्नुभयो । सबै कुराको आत्मालोचना गरेर काँग्रेस अघि बढेको बताउँदै उपसभापति शर्माले सद्भाव, सुशासन र समन्नुत नेपाल अहिलेको मुख्य मुद्दा भएको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.