निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनमा जोड

माघ १५, २०८२ |कमला पाख्रिन
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिता कार्यान्वयनमा जोड

सिन्धुपाल्चोक । आगामी फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन आचारसंहिता २०८२ को प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुपाल्चोकले आयोजना गरेको आचारसंहितासम्बन्धी अन्तक्रियामा उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिलाई मुख्य प्रावधानबारे जानकारी गराउँदै अक्षरशः पालना गर्न आग्रह गरिएको हो। 

प्रचारप्रसारका नाममा हुने अनावश्यक खर्च, भडि्कला कार्यक्रम र सार्वजनिक स्थलको दुरुपयोग रोक्न निगरानी कडा बनाएको छ। मुख्य निर्वाचन अधिकृत रीता बख्रेलले सबै दलसाग छलफलपछि आचारसंहिता तयार गरिएको भन्दै यसको पालनामा दलहरू विशेष जिम्मेवार हुनुपर्ने बताए ।

साथै स्वच्छ, निष्पक्ष तथा भयरहित तरिकाले शान्तिपुर्ण रूपमा फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्न आचारसंहितको पुरा पालाना गर्ने उम्मेदवार र दलका प्रतिनिधिले र सबै सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् । 

अन्तक्रियामा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जेन्जी आन्दोलनका क्रममा खोसिएका हतियार भेटिएमा नजिकैको प्रहरी चौकीमा जानकारी दिन र आचारसंहिता उल्लंघनका घटना देखिएमा तुरुन्त खबर गर्न आग्रह गर्नुभयो। आगामी निर्वाचनका लागि सिन्धुपाल्चोकमा ३ स्वतन्त्रसहित ३६ जना उम्मेदवार छन्।


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।