
पाल्पा । पाँच दिने रिडी मेलाको दोस्रो दिन बाँस र बाँसबाट बनेका साथै भेडाको उनबाट निर्मित घरेलु उत्पादनका सामाग्री किनमेल गर्नेहरू बढेका छन्।
पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रको रिडीमा जारी माघे संक्रान्ति मेलामा पुगेकाहरूले फर्किने बेलामा घरेलु उत्पादन डोको, डालो, सुपा, ढकिया, काइयो, राडीपाखी, काम्लो, घााजी, टिमुर जस्ता घरलु सामाग्री खरिद गरेका हुन् ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाअन्तर्गत जुठापौवा, बल्ढेङगढी, कचलका साथै गुल्मी, अर्घाखाँची, स्याङ्जा, बाग्लुङ, मुस्ताङ, रुकुमपूर्वबाट घरेलु सामाग्री बिक्रीका रिडी मेलामा लगेका छन् ।