कोशी प्रदेशका १४ जिल्लामा सञ्चालित विभिन्न सहकारीमा ५३ प्रतिशत महिलाको प्रतिनिधित्व

पुस २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशका १४ जिल्लामा सञ्चालित विभिन्न सहकारीमा ५३ प्रतिशत महिलाको प्रतिनिधित्व

धनकुटा । कोशी प्रदेशका १४ जिल्लामा सञ्चालित विभिन्न प्रकृतिका सहकारीमा महिलाको प्रतिनिधित्व ५३ प्रतिशत पुगेको छ ।

कोशी प्रदेश सहकारी रजिष्टार एवं प्रशिक्षण कार्यालयको तथ्याङ्कअनुसार प्रदेशमा सञ्चालित ४ हजार ८ सय विभिन्न प्रकृतिका सहकारीमा ५ लाख २ सय ४९ जना महिला सदस्य क्रियाशील छन् । 

जिल्ला सहकारी संघले धनकुटामा गरेको १४औँ वार्षिक साधारण सभामा ४७ प्रतिशत पुरूष शेयर सदस्य रहेको जानकारी दिइयो । राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्न अपनाइएको सार्वजनिक, निजी र सहकारीको अवधारणा विस्तृत बन्दै जाँदा महिला सहभागिता पनि बढ्दो देखिएको जिल्ला सहकारी संघ धनकुटाले जनाएको छ । 

कोशी प्रदेशको करिब २० प्रतिशत जनसंख्या सहकारीमा आबद्ध देखिएको छ । कोशीमा सहकारी संस्थाको शेयर पूँजी ८ अर्ब २० करोड, बचत संकलन ४१ अर्ब २१ करोड, कर्जा लगानी ३८ अर्ब ९५ करोड पुगेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.