
झापा । खस्कँदो अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले दीर्घकालीन योजनाका साथ काम गर्नुपर्ने विज्ञहरूले सुझाएका छन् ।
युवा उद्यमी मञ्चले शुक्रबार झापाको विर्तामोडमा आयोजना गरेको आगामी पुस्ताको अर्थतन्त्रबारे छलफल कार्यक्रममा अर्थविद्हरूले बजारको अवस्था, वस्तुको माग समयावधिको अध्ययन गरेर मात्र लगानी गर्न उद्योगीहरूलाई सुझाव दिए ।
कार्यक्रममा पूर्व महान्याधिवक्ता युवराज संग्रौला, युवा उद्यमी सुदिप घिमिरे, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने लगायतले कर प्रणालीलाई खुकुलो बनाइ उद्योगीका लागि लगानीमैत्री वातावरण सिर्जना गर्न सरकारसाग आग्रह गरेका थिए ।