
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य कर कोषको बजेट सम्बन्धित मन्त्रालयमा नै खर्च गर्न अर्थ मन्त्रालयलाई दबाब दिनुभएको छ ।
विभिन्न देशका अनुभव र स्वदेश भित्रकै विज्ञहरूले दिएको सुझावको आधारमा पनि स्वास्थ्य मन्त्रालयले सो बजेट पाउनुपर्ने उहाँको तर्क थियो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री गौतमले सो कोषको बजेट सबै स्वास्थ्य मन्त्रालयले पाउनुपर्ने समेत बताउनु भयो ।
त्यस अवसरमा उहाँले बजेटको माग गर्दा जिम्मेवार भएर प्रस्तुत हुन पनि मातहतका निकायलाई सचेत गराउनु भयो । मन्त्री गौतमले प्रमाणको आधारमा मात्रै कर्मचारीहरूले बजेटको माग गर्नुपर्नेतर्फ पनि सचेत गराउनु भयो । मन्त्री गौतमले मुलुकलाई आर्थिक चापमा रहेकाले त्यसको आधारमा अघि बढ्न पनि कर्मचारीलाई निर्देशन दिनुभयो ।