
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिकाले अठारौँ नगरसभाले गत भदौमा भएको राजस्व सङ्कलनमा आएको गिरावट तथा वडाबाट प्राप्त संशोधन प्रस्तावका आधारमा चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै विभिन्न प्रतिवेदन स्वीकृत गरेको छ।
सभाले भू-उपयोगसम्बन्धी प्रतिवेदन स्वीकृत, कार्यपालिका बैठकका निर्णय तथा विषयगत विभिन्न समितिहरूले गरेका निर्णय अनुमोदनसँगै नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षणबारे छलफलसमेत गरेको छ।