पश्चिम नवलपरासीमा रहेका चारवटा चिनी मिलमध्ये दुईवटा मात्र सञ्चालनमा

पुस २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिम नवलपरासीमा रहेका चारवटा चिनी मिलमध्ये दुईवटा मात्र सञ्चालनमा

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा रहेका चार वटा चिनी मिलमध्ये यस वर्ष दुईवटा मात्र सञ्चालनमा आएका छन् ।

यसवर्ष लुम्बिनी सुगर मिल्स र बागमती सुगर मिल्स मात्र सञ्चालनमा आएका हुन् । अघिल्लो वर्ष सञ्चालन भएको इन्दिरा सुगर मिल भने अहिलेसम्म सञ्चालन भएको छैन् । यो मिलले किसानको बक्यौतासमेत तिर्न बाँकी छ । 

मोहिनी चिनी उद्योग पनि केही वर्षदेखि सञ्चालनमा छैन् । किसानले अहिले धमाधम उखु काट्ने र पायक पर्ने स्थानको चिनी उद्योग र सक्खर बनाउने क्रसरमा बिक्री गरिरहेका छन् । उखु क्रसरले तत्काल नगद दिने हुँदा किसानले बजार मूल्यभन्दा केही सस्तोमै उखु बचिरहेका छन्।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.