
काठमाडौं । सुजल डेरी प्राइभेट लिमिटेडले नेपालमै पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा ल्याएको छ ।
कम्पनीका अनुसार यो प्रिमियम गुणस्तरको दूध पाउडर हाल प्रमुख ई-कमर्स प्लेटफर्म, मोडर्न ट्रेड स्टोर तथा भाटभटेनी सुपरमार्केटमा उपलब्ध छ । डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर सजिलै मनतातो पानीमा घुल्ने भएकाले तुरुन्तै दूध तयार गर्न सकिन्छ ।
यसले परिवारका सदस्यलाई जुनसुकै समयमा पनि क्रिमी र स्वादिलो दूध सेवन गर्न सहज बनाउने कम्पनीको दाबी छ । चिनीरहित (सुगर फ्री) रहेको यस उत्पादनमा आवश्यक पोषक तत्वहरू प्रशस्त मात्रामा समावेश गरिएकाले विशेषगरी बालबालिकाको समग्र वृद्धि र विकासमा सहयोग पुग्ने बताइएको छ ।
कम्पनीका अनुसार डिलाइट डेरी प्राइडले दूधको प्राकृतिक गुण जोगाउँदै क्याल्सियम, प्रोटिन, भिटामिन 'ए' र भिटामिन 'डी' जस्ता आवश्यक पोषक तत्व प्रदान गर्छ । यी पोषक तत्वहरूले बालबालिकाको हड्डी मजबुत बनाउन, मांसपेशीको विकास गर्न तथा शारीरिक र मानसिक स्वास्थ्य सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ ।
आजको व्यस्त जीवनशैलीमा सन्तुलित पोषण चुनौतीपूर्ण बन्दै गएको सन्दर्भमा छिटो र सजिलै तयार गर्न सकिने यो दूध पाउडर उपयोगी विकल्प बन्ने कम्पनीको विश्वास छ । गुणस्तरमा सधैं एकरूपता रहने र १२ महिनासम्म सुरक्षित रूपमा भण्डारण गर्न मिल्ने भएकाले यो उत्पादनले दैनिक पोषणको आवश्यकता पूरा गर्न सहयोग पुर्याउने बताइएको छ ।
डिलाइट डेरी प्राइडको आधुनिक र आकर्षक प्याकेजिङले ताजापन, गुणस्तर र पोषणलाई स्पष्ट रूपमा प्रस्तुत गर्छ । मोइस्चर प्रतिरोधी मेटालिक प्याकले दूध पाउडरको ताजापन सुरक्षित राख्नुका साथै आकर्षक डिजाइनले उपभोक्तालाई डिलाइट ब्रान्डका प्रमुख विशेषता सजिलै चिनाउन मद्दत गर्ने कम्पनीको भनाइ छ ।
स्वादिलो दूध तयार गर्न १८० मिलिलिटर मनतातो पानीमा २५ ग्राम (तीन चम्चा बराबर) दूध पाउडर मिसाएर राम्ररी घोलेर तुरुन्तै सेवन गर्न सकिनेछ । दूध पिउनका साथै यसलाई पौष्टिक दूधजन्य पेय, क्रिमी डेजर्ट, मिल्की चिया तथा स्वादिलो कफीमा पनि प्रयोग गर्न सकिन्छ ।
कम्पनीका अनुसार डिलाइट डेरी प्राइड ताजा दूधबाट उत्पादन गरिन्छ, जुन स्थानीय फार्मबाट संकलन गरिन्छ । उत्पादनदेखि प्याकेजिङसम्म हरेक चरणमा गुणस्तर परीक्षण तथा उच्च स्वच्छता (हाइजिन) मापदण्ड अपनाइन्छ । अत्याधुनिक प्रविधिबाट तयार गरिएको यस दूध पाउडरले प्राकृतिक स्वाद र पोषण दुवै सुनिश्चित गर्ने बताइएको छ ।
डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर हाल १ केजी प्याकमा २१०० रुपैयाँ मूल्यमा उपलब्ध छ । उपभोक्ताले यसलाई दराज, मेरो किराना, स्मार्टडोको, गिफ्टमाण्डु, फुडमाण्डु, भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केके मार्ट तथा अन्य मोडर्न ट्रेड स्टोरहरूबाट सहजै खरिद गर्न सक्नेछन् ।
सुजल डेरी प्राइभेट लिमिटेडले डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडरले छिटो, भरपर्दो र पोषणयुक्त दूध विकल्पको बढ्दो माग प्रभावकारी रूपमा पूरा गर्ने विश्वास व्यक्त गरेको छ । आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर विकास गरिएको यस नयाँ उत्पादनले स्वस्थ र सहज जीवन चाहने उपभोक्ताको अपेक्षा पूरा गर्नेमा कम्पनी आशावादी रहेको जनाएको छ ।