सरकारी संरचनाको पुनर्निर्माणका लागि खोलिएको कोषमा १३ प्रतिशतमात्रै रकम जम्मा

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारी संरचनाको पुनर्निर्माणका लागि खोलिएको कोषमा १३ प्रतिशतमात्रै रकम जम्मा

काठमाडौं । गत भदौ २३ र २४ गते जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाको पुनर्निर्माणका लागि खोलिएको कोषमा ४ महिनामा लक्ष्यको १३ प्रतिशतमात्रै रकम जम्मा भएको छ ।

कोषमा १ अर्ब बराबरको रकम संकलन गर्ने योजनाका साथ सुरु गरिएको कोषमा अहिलेसम्म १३ प्रतिशत अर्थात् १३ करोड ३५ लाखमात्रै रकम जम्मा भएको हो । विगतमा विपद्का बेला खोलिएका रकम जम्मा गर्ने निजी क्षेत्रले नै क्षति भोगेको तथा त्रसित अवस्थामा रहेकाले कोषमा रकम जम्मा हुन नसकेको हो । 

त्यस्तै आन्दोलनमा सरकारी कर्मचारीले समेत क्षति भोगेकाले कोषमा न्यून रकम जम्मा भएको हो । अपेक्षाअनुसार रकम जम्मा हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ । पछिल्लो समय मन्त्रीहरुको चासोसमेत पुनर्निर्माण तथा कोषमा रकम जम्मा गराउनेभन्दा राजनीतिमा बढी भएकाले न्यून रकम जम्मा भएको अर्थविद्हरू बताउँछन् । साथै यस्तो कोषको मोडालिटिमा समेत समस्या भएको उनीहरूको भनाइ छ ।

पुनर्निर्माण कोषमा सोमबार सिद्धार्थ प्रिमियर इन्साेरेन्सले १ करोड १ लाख रकम जम्मा गरेको छ । यस्तो कोषमा १ रूपैयाँदेखि एक करोडसम्म रकम जम्मा भएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.