रूग्ण ठेक्का व्यवस्थापन छिटो सुल्झाउनुपर्नेमा सरोकारवालाहरूकाे जाेड

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
रूग्ण ठेक्का व्यवस्थापन छिटो सुल्झाउनुपर्नेमा सरोकारवालाहरूकाे जाेड

काठमाडौं । विज्ञ तथा सरोकारवालाहरूले रूग्ण ठेक्का व्यवस्थापन छिटो सुल्झाउनुपर्नेमा जोड दिएका छन् ।

साेमबार काठमाडौंमा भएको कार्यक्रममा पूर्वसचिव अर्जुनजंग थापाले कुनै पनि आयोजना समयमा सम्पन्न हुन नसक्दा थप लागत बढ्ने हुँदा छिटो सुल्झाउनुपर्नेमा जोड दिनुभयो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अव्यवहारिक कानुनका कारण आयोजना रूग्ण बनेको दाबी गर्नुभयो । 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्माले अहिले तोडिएका ठेक्काबाट पुँजीगत खर्च घट्ने र निर्माण क्षेत्रमा प्रभाव पर्नेबारे सरकार सजक रहेको बताउनुभयो । सहरी, उर्जा र भौतिक मन्त्रालयमा कुलमान घिसिङले नेतृत्व सम्हालेयता ४० वटा आयोजनाको ठेक्का तोडिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.