बागलुङमा यसवर्ष धान उत्पादनमा वृद्धि

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
बागलुङमा यसवर्ष धान उत्पादनमा वृद्धि

बागलुङ । बागलुङमा यसवर्ष धान उत्पादनमा वृद्धि भएको छ । 

उन्नत जातको बिउ, मौसमको अनुकूलता र सिँचाइको सुविधाको कारण बागलुङमा ८४ मेट्रिक टन धान बढी उत्पादन भएको छ । गत वर्ष २० हजार ७ सय मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष बढेर २० हजार ७ सय ८४ मेट्रिक टन उत्पादन भएको छ । 

जिल्लामा ४६ हजार १ सय ४८ हेक्टर खेती योग्य जमिन रहे पनि धान खेती भने ५ हजार ७ सय १० हेक्टरमा लगाउने गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.