तीन प्रदेशका ८१ स्थानीय तहमा उचित मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम हुने

पुस २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
तीन प्रदेशका ८१ स्थानीय तहमा उचित मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम हुने

बाँके । पश्चिम नेपालका तीन प्रदेशका ८१ स्थानीय तहमा उचित मूल्य कृषि वस्तु उत्थानशील कार्यक्रम सञ्चालन हुने भएको छ । 

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा लागू हुने यस कार्यक्रमअन्तर्गत लुम्बिनीका ८, कर्णालीका ८ र सुदूरपश्चिमका ५ जिल्ला समेटिएका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत उच्च मूल्य कृषि बस्तु उत्थानशील कार्यक्रम समन्वय कार्यालय, कीर्तिपुर काठमाडौंले नेपालगञ्जमा आयोजना गरेको दुई दिने अभिमुखीकरण कार्यक्रममा परियोजनाबारे जानकारी गराइएको हो।

आठ वर्षसम्म सञ्चालन हुने यस परियोजनाका लागि १२० दशमलव ९७ मिलियन अमेरिकी डलर खर्च गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्रप्रसाद मिश्रले जानकारी दिनुभयो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.