
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाहरूलाई सहज ढंगले अघि बढानउनका लागि लचकताका साथ प्रस्तुत हुन प्रभावित क्षेत्रमा जनतालाई आग्रह गर्नुभएको छ ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । मन्त्री घिसिङले प्रभावित क्षेत्रका जनताले जलविद्युत आयोजनालाई सहज ढंगले अघि बढाउनका लागि लचक नभए त्यो महंगो पर्न जाने र विद्युत निर्यात समेत नभइ मुलुकमा थप समस्या देखापर्ने समेत बताउनु भयो ।
उहाँले नेपालमा ५० हजार मेघावाट विद्युत उत्पादन गर्नुपर्ने भए पनि प्रभावित क्षेत्रको माग पूरा हुनसक्दा ती आयोजनाहरूलाई अघि बढाउन कठिनाइ हुने गरेको समेत बताउनु भयो । मन्त्री घिसिङले सरकारले प्रभावित क्षेत्रमा जनताको माग र अधिकारलाई कुण्ठित बनाएर कुनै पनि आयोजना अघि नबढाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
मन्त्री घिसिङले स्थानीय जनताको माग पूरा नहुँदा ट्रान्समिसन लाइन विस्तारको काममा पनि समस्या भइरहेको बताउनु भयो ।