मकवानपुरको सुपिङमा व्यावसायिक किवी खेती

पुस ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
मकवानपुरको सुपिङमा व्यावसायिक किवी खेती

हेटाैंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-५, सुपिङमा व्यावसायिक किवी खेती भइरहेको छ। 

सुपिङस्थित किमुशेरी ग्रुप प्रालिको फार्ममा ५ प्रजातिका किवी फलको खेती भएको हो । हेटौंडाका युवा सुरज थिङले, बागमती प्रदेश सरकारको 'एकवडा एक उत्पादन' कार्यक्रम अन्तर्गत किवी खेती गर्नुभएको हो । किवी खेतीका लागि पालिकाले २० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत अनुदान सहयोग गरेका छन् । 

२० प्रतिशत रकम आफैंले लगानी गरी दुई करोड लगानीमा ७० रोपनीमा सुरजले किवी खेती गर्नुभएको हो । २०७८ सालदेखि थालिएको खेती अहिले राम्रो उत्पादन दिन थालेको छ । फार्ममा हेवार्ड, एलिसन, बुर्नु, रेड र गोल्डेन गरी पाँच प्रजातिका ११ सयभन्दा बढी किवीका बोट छन् । 

सुपिङमा उत्पादित किवी काठमाडौं, पोखरा, चितवन र हेटौंडालगायत बजारमा बिक्री भइरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.