बाँकेमा तरकारी खेती विस्तार हुँदै गए पनि साना किसानले पाएन उचित मूल्य

पुस १, २०८२ |रेजिना मल्ल
बाँकेमा तरकारी खेती विस्तार हुँदै गए पनि साना किसानले पाएन उचित मूल्य

बाँके । बाँकेमा तरकारी खेती विस्तार हुँदै गए पनि साना किसानले उचित मूल्य पाउन सकेका छैनन् । 

बजार व्यवस्थापनको कमजोरी र मण्डीमा साना किसानको पहुँच नहुँदा उचित मूल्यका लागि साना किसानले सधैं संघर्ष गर्दै आएका छन् । मलखादको समस्या र भारतबाट अवैध रूपमा भित्रिने तरकारी नियन्त्रण नहुँदा स्थानीय किसान थप मारमा परेका छन् ।

बाँकेमा हाल ६ हजार ८२ हेक्टर क्षेत्रमा तरकारी खेती हुँदै आएको छ। वार्षिक ७१ हजार ४ सय ४५ मेट्रिक टनभन्दा बढी तरकारी उत्पादन हुने गरेको छ। डुडुवा गाउँपालिकाका साना किसानहरू बर्षेनि मौसमी तरकारी तथा विभिन्न बाली उत्पादनमा निर्भर छन्। तर उत्पादन राम्रो भए पनि उचित मूल्य नपाउने र प्रभावकारी बजार व्यवस्थापन नहुँदा उनीहरू झन् मर्कामा परिरहेका छन्।

मण्डीमा स्थान नपाएपछि किसान निजी व्यापारीलाई सस्तो दरमै तरकारी बेच्न बाध्य छन्। बजारमा भारतीय तरकारीकै प्रभाव अझै पनि बलियो छ। विशेषगरी अवैध रूपमा भित्रिने तरकारीले स्थानीय उत्पादनको मूल्य झनै घटाइदिन्छ।

अवैध तरकारी नियन्त्रण नहुँदा पनि किसानको उत्पादन बजारमै थन्किएका हुन् । उता मलखादको अभाव अर्को ठूलो चुनौतीका रूपमा छ। कृषि निकायले भने अवैध तरकारी रोकथाम र किसानका समस्या समाधानका लागि समन्वय भइरहेको दाबी गर्छ।

उत्पादन प्रशस्तै भए पनि बजार व्यवस्थापन, मूल्य अस्थिरता र अवैध आयात रोक्न नसकिँदा बाँकेका किसानले अपेक्षाकृत आम्दानी गर्न सकेका छन् ।


Image

रेजिना मल्ल

मल्ल कान्तिपुर टेलिभिजन बर्दियाकी क्यामेरा पर्सन हुन् ।