निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानबिन गरेर कारबाही गर्नुपर्छ : कुलमान घिसिङ

अब नबन्ने ठेक्का तोड्दै जाने चेतावनी
मंसिर २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानबिन गरेर कारबाही गर्नुपर्छ : कुलमान घिसिङ

काठमाडौं । भौतिक पूर्वाधार, शहरी विकास तथा उर्जामन्त्री कुलमान घिसिङले रूग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको बताउनुभएको छ ।

मंगलबार पू्र्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उहाँले ठेक्का तोड्ने आफ्नो इच्छाको विषय भन्दा पनि बाध्यता भएको बताउनुभएको हो । उहाँले अब नबन्ने ठेक्का तोड्दै जाने समेत चेतावनी दिनुभयो । घिसिङकाअनुसार रिजल्टबेसमा जानकै लागि ठेक्का तोड्नुपरेको हो । 

घिसिङले रिजल्ट दिन नसक्ने प्रोजेक्ट म्यानेजरलाई पनि कारबाही गरिनुपर्ने बताउनु भयो । बजेट खर्च गराउने काममा अर्थमन्त्रालय, विभागीय मन्त्रालयबाट समेत धेरै समस्या रहेकाले त्यसको समाधान खोजिनुपर्ने उहाँको भनाइ छ । मन्त्री घिसिङले निर्माण व्यवसायीहरूमा पनि धेरै समस्या रहेको बताउनु भयो । 

उहाँकाअनुसार निर्माण व्यावसायीले धेरै कन्ट्याक्टहरू ज्वाइन्ट भेञ्चरमा दिन्छन् । त्यसरी दिनु राम्रो भए पनि परिणाममुखी काम भने हुन सकेको छैन । घिसिङले नेपालमा अहिले लगानी सम्मेलन भन्दा पनि कन्ट्रयाक्टर समिट गर्न जरूरी रहेको बताउनु भयो । कन्ट्रयाक्टरको क्षमता वृद्धि नगरेसम्म आयोजनाहरूको प्रगति कमजोर भइरहने उहाँको भनाइ छ ।

मन्त्री घिसिङले रूग्ण ठेक्का तोड्दा प्रतिशोध साँधिएको भाष्य बनाउन नहुने बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.