भन्सार विभाग र आन्दोलनरत भन्सार एजेन्ट महासंघबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित

माग क्रमश: कार्यान्वयन गरिने
मंसिर २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
भन्सार विभाग र आन्दोलनरत भन्सार एजेन्ट महासंघबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । भन्सार एजेन्ट र भन्सार विभागबीच सहमति भएको छ। 

सहमतिसँगै आन्दोलन पनि स्थगित भएको छ । २०८२ मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐनका केही प्रावधानप्रति विरोध जनाउँदै भन्सार एजेन्ट महासंघको आह्वानमा भन्सार एजेन्टहरूले पेन-डाउन गरेका थिए । भन्सार विभाग र भन्सार एजेन्ट महासंघबीच भएको वार्ता सकारात्मक रूपमा टुंगिएपछि आन्दोलन रोकिएको हो । 

 सहमतिसँगै भन्सारमा जाँचपास सुरू भएको छ । भन्सार एजेन्टका विभिन्न मागहरू क्रमशः कार्यान्वयन गर्दै जाने तथा नियमावलीमा सम्बोधनको मागलाई अर्थ मन्त्रालयमा पठाउने निर्णय गरिएको भन्सार विभागले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.