
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तत्कालीन प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओली जाँचबुझ आयोगले बोलाउँदा बयान दिन जानुपर्ने बताउनुभएको छ ।
११औँ महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी घोषणाबारे बुधबार काठमाडौंमा सम्पादकहरूसँगको कुराकानीमा वरिष्ठ उपाध्यक्ष पोखरेलले आयोगमा बयान दिन जान्न भन्न नमिल्ने बताउनुभयो ।
आयोगका अध्यक्षबारे भने प्रश्न उठेको उहाँको भनाइ छ ।