हेटौंडा । डिभिजन सडक कार्यालय हेटौंडाले बजार क्षेत्रमा भत्काएका पाँच सयभन्दा बढी घरमा अहिले व्यवसायीले जसोतसो व्यापार व्यवसाय सुरू गरेका छन् ।
विशेष अफर भन्दै ‘सेल’ लागेको मार्केटमा सर्वसाधारण उपभोक्ता पनि ठूलो संख्यामा पुगेका छन् । बजार हटाउॅंदा वैकल्पिक व्यवस्था नगरिँदा समस्या आएको व्यापारीहरूको गुनासो छ । विस्थापित व्यवसायीमात्र होइन अन्य स्थानबाट आएका व्यापारीले समेत बजार क्षेत्रका जोखिमपूर्ण संरचनामा व्यापार गरिरहेका छन् ।
बजार क्षेत्रको घर भत्काउने सरकारले नै व्यवसायीहरूको व्यवस्थापनमा पनि सहयोग गर्नु पर्ने मकवानपुरका व्यवसायीहरूको माग छ । सर्वोच्च अदालतले मंसिर २६ गतेसम्मका बजार क्षेत्रबाट घर टहरा हटाउने सूचना यथास्थितिमै राख्न अल्पकालीन आदेश दिएपछि बजार क्षेत्रमा सरकारको उपस्थिति छैन ।
जीर्ण संरचना यथास्थितिमा राख्दा दुर्घटनाको जोखिम छ । यसको व्यवस्थापनमा सबै पक्ष गम्भीर बन्नुपर्छ ।