ठेक्का रूग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरूको पनि हात छ : रवि सिंह

मंसिर २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
ठेक्का रूग्ण बनाउन राजनीतिक नेतृत्वदेखि सचिवहरूको पनि हात छ : रवि सिंह

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले रूग्ण ठेक्का अन्त्य गर्नुभन्दा पनि व्यवस्थापनमा लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।

पूर्वाधार पत्रकार समाजले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उहाँले रूग्ण ठेक्का व्यवस्थापनको नाममा ठेक्का अन्त्य गरिएको बताउनुभएको हो । यो सबै काम प्रचारबाजीका रूपमा गरिएको उहाँकाे आराेप छ । उहाँकाअनुसार अहिले पनि ठेक्काहरू रूग्ण हुन नदिने कारण खोजेर अघि बढाउनुपर्छ । 

रूग्ण ठेक्का अन्त्यका नाममा राजनीति गर्न जरूरी नभएको उहाँले बताउनु भयो । अध्यक्ष सिंहकाअनुसार ठेक्का रूग्ण बनाउने जिम्मेवार पात्र प्रमुख रूपमा राजनीतिक नेतृत्व हो । राजीतिक पार्टीहरूले आफ्नो निर्वाचन क्षेत्र केन्द्रित योजनाहरूलाई प्राथमिकता दिएका कारणले आयोजनाहरू रूग्ण भएको सिंहले बताउनु भयो । यस्तै उहाँका अनुसार ठेक्का रूग्ण बनाउने क्रममा जति राजनीतिक नेतृत्व जिम्मेवार छ, त्यो भन्दा बढी स्थायी सरकारका रूपमा रहने सचिवदेखि योजना प्रमुखसम्मकाे पनि त्यतिकै हात छ ।

अध्यक्ष सिंहले रूग्ण ठेक्का रूग्ण हुन नदिने अहिलेको नागरिक सरकारले नै काम गर्नसक्ने बताउनु भयो । उहाँकाअनुसार अबका दिनमा ठेक्का रूग्ण हुन नदिन सरकारले प्रभावकारी कदम चाल्नुपर्छ । अहिले त्यसो हुन नसकेको उहाँकाे भनाइ छ । अध्यक्ष सिंहका अनुसार पूर्वाग्राही ढंगले रूग्ण ठेक्का तोडिनु हुँदैन । अहिले निर्माण व्यवसायी ‘भिक्टीम’ हुनेगरी ठेक्का तोडिएको उहाँले बताउनुभयाे । सरकारको यो कदमले निर्माण व्यवसायी धराशायी हुने अवस्थामा पुगेको उहाँको भनाइ छ । 

निर्माण व्यवसायीलाई समाप्त पार्न खोजीएको उहाँको भनाइ छ । ठेक्का तोड्दा पूर्वाधार क्षेत्र मात्रै होइन, आर्थिक क्षेत्र नै प्रभावित हुने उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.