धनकुटा प्रहरीले प्राप्त गर्‍यो पाँचवटा चौकीको जग्गाको स्वामित्व

स्थायी संरचना बनाउने बाटो खुलेपछि सेवाप्रवाह सहज हुने विश्वास
मंसिर १९, २०८२ |विनोद घिमिरे
धनकुटा प्रहरीले प्राप्त गर्‍यो पाँचवटा चौकीको जग्गाको स्वामित्व

धनकुटा । वर्षौंसम्मको प्रक्रियागत उल्झन र अन्यौलपछि धनकुटा प्रहरीले मातहतका चौकीले भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्राप्त गरेको छ ।

चौकी स्थापना भएर भोगचलन गर्दै आएको जग्गाको स्वामित्व आफूसँग नहुँदा प्रहरीले आवश्यक स्थायी संरचना र पूर्वाधार बनाउन सकेको थिएन । साँगुरीगढी गाउँपालिकाको ओख्रे, छथर-जोरपाटी गाउँपालिकाको जोरपाटी, धनकुटा नगरपालिकाको बेलहरा, चौविसे गाउँपालिकाको फलामेटार तथा पाख्रिबास नगरपालिकाको प्रस्तावित मुगा प्रहरी चौकीका लागि २९ रोपनी जग्गाको स्वामित्व प्राप्त भएको हो । 

धनकुटा प्रहरीको स्वामित्वमा आएको २९ मध्ये २२ रोपनी जग्गाको भोगाधिकार नेपाल सरकारले उपलब्ध गराएको छ । यस्तै सात रोपनी जग्गा स्थानीयले प्रहरीका नाममा रजिष्ट्रेशन पास गरी जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराएका छन् । धनकुटामा जिल्ला ट्राफिक प्रहरी कार्यालयको पनि आफ्नै जग्गा छैन । 

ट्राफिक प्रहरी र साँगुरीगढी गाउँपालिकाको आहाले चौकीका लागि पनि जग्गा प्राप्तिको प्रक्रिया अघि बढेको प्रहरी उपरीक्षक क्षेत्रीको भनाइ छ । धनकुटामा जिल्ला प्रहरी, ट्राफिक, इलाका, स्थायी र अस्थायी चौकी, पोष्ट, बिट, पर्यटक सहायता प्रहरीसमेत २९ वटा प्रहरी इकाइ छन् ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।