एमाले मोरङद्वारा जेन-जी आन्दोलनका तोडफोड तथा आगजनी संलग्नविरूद्ध प्रहरीमा जाहेरी

मंसिर १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले मोरङद्वारा जेन-जी आन्दोलनका तोडफोड तथा आगजनी संलग्नविरूद्ध प्रहरीमा जाहेरी

विराटनगर । नेकपा (एमाले) मोरङले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएको छ ।

एमालेका १४ वटा जनसंगठनका अध्यक्षहरूले शुक्रबार सामूहिकरूपमा जाहेरी दिएका हुन् । जेन-जी आन्दोलनका क्रममा सार्वजनिक, सरकारी र निजी सम्पत्तिमा तोडफोड, लुटपाट र आगजनीमा संलग्नहरूको विवरणसहित एमालेले कारवाही माग गर्दै जाहेरी दिएको हो । 

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको उपस्थितिमा प्रहरी प्रमुख एसपी कवित कटवाललाई जाहेरी बुझाइएको एमाले मोरङले गठन गरेको कार्यदलका सदस्य मुकेश बुढाथोकीले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.