अर्जुनधारा खुला महिला भलिबल : एभरेस्ट लुम्बिनी क्लबलाई हराउँदै आर्मी अन्तिम चारमा

मंसिर १९, २०८२ |खेल ब्युरो
अर्जुनधारा खुला महिला भलिबल : एभरेस्ट लुम्बिनी क्लबलाई हराउँदै आर्मी अन्तिम चारमा

झापा । झापामा जारी अर्जुनधारा खुला महिला भलिबलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको छ । 

लुम्बिनी समूह चरणका दुवै खेलमा पराजयपछि प्रतियोगिताबाट बाहिरिएको छ। शुक्रबारको दोस्रो खेलमा नेपाल पुलिसले कोशी प्रदेश भलिबल टिमलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।

यसैबीच नेपाल-प्याब्सन मोरङको आयोजनामा विराटनगरमा १५ औं प्याब्सन स्पोर्टस् मिट-२०८२ सुरू भएको छ । मंसिर २१ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका दुई सय ३५ विद्यालयका तीन हजारभन्दा धेरै विद्यार्थी खेलाडी सहभागी छन् ।