चालु आर्थिक वर्षमा ३६ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

मंसिर ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
चालु आर्थिक वर्षमा ३६ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त

काठमाडौं । चालु आर्थिक वर्षमा अहिलेसम्म ३६ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता प्राप्त भएको छ ।

कार्तिकसम्म नेपालले विभिन्न ८ उद्योग समूहमा ३६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी स्वीकृति दिएको उद्योग मन्त्रालयले जनाएको छ । लगानीका क्षेत्रअनुसार कुल ३८२ वटा परियोजना दर्ता भएका छन् । सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । आईसीटी क्षेत्रमा मात्र २०५ परियोजना स्वीकृत भएपनि लगानी रकम भने तुलनात्मक रूपमा कम अर्थात् करिव ८७ करोड ४३ लाख रुपैयाँको प्रतिवद्धता गरिएको छ ।

सबैभन्दा धेरै लगानी रकम भने कृषि तथा वनआधारित उद्योग क्षेत्रमा आकर्षित भएको छ । जहाँ १३ उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत भएको छ ।

पर्यटनतर्फ एक सय १८ उद्योगका लागि ८ अर्ब ९४ करोडको वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।

सेवा क्षेत्रमा २३ ओटा उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक २१ वटा उद्योगका लागि १ अर्ब ६५ करोड,ऊर्जामुलक १ वटा उद्योगका लागि १८ करोड, खानीक्षेत्रको १ वटा उद्योगका लागि ४५ लाख वैदेशिक लगानीको प्रतिबद्धता आएको विभागले जनाएको छ । विभागकाअनुसार कातिक महिनामा मात्रै १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ विदेशी लगानी प्रतिवद्धता आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.