अर्थ मन्त्रालयमा विदेशी लगानी समन्वयका लागि फोकल युनिट स्थापना

कार्तिक २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
अर्थ मन्त्रालयमा विदेशी लगानी समन्वयका लागि फोकल युनिट स्थापना

काठमाडौं । अर्थ मन्त्रालयले विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई अझ प्रभावकारी बनाउने उद्देश्यले नयाँ फोकल युनिट स्थापना गरेको छ ।

मन्त्रालयकाअनुसार मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत रहने यो युनिटले विदेशी लगानीसँग सम्बन्धित सहजीकरण, नीति-समन्वय र सरोकारवाला निकायहरूसँगको सहकार्य सुदृढ गर्ने जिम्मेवारी पाउनेछ । विदेशी लगानीकर्ता तथा अन्तर्राष्ट्रिय संस्था नेपालमा लगानी प्रक्रियामा संलग्न हुँदा उठ्ने बैंकिङ, कर-राजस्व तथा प्रशासनिक समन्वयका विषयमा यो युनिटले प्रत्यक्ष भुमिका खेल्नेछ । 

विशेष गरी नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सरकारी नियामक निकायबीच आवश्यक समन्वय गरी लगानी-मैत्री वातावरण निर्माणमा युनिट सक्रिय रहनेछ । यस पहलले नेपालमा विदेशी लगानी प्रवाहलाई सहज, पारदर्शी र द्रुत बनाउने अपेक्षा गरिएको अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।

उहाँकाअनुसार विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा राजश्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.