आन्तरिक स्रोतबाटै निर्वाचन खर्च जुटाइने

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
आन्तरिक स्रोतबाटै निर्वाचन खर्च जुटाइने

काठमाडौं । सरकारले आन्तरिक स्रोतबाटै निर्वाचन खर्च जुटाउने भएको छ ।

आमनिर्वाचनका लागि सहयोग गर्न विभिन्न दातृ निकाय तथा मुलुकले इच्छा देखाएको भए पनि आन्तरिक स्रोतबाटै निर्वाचन खर्च जुटाइने अर्थ मन्त्रालयले जानकारी दिएको हो ।

निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि ७ अर्ब ८१ करोड बजेट माग गरेको छ । निर्वाचनका लागि चाहिने सामानको मूल्य बढेको तथा मतदाता शिक्षालगायत कार्यका लागि अतिरिक्त जनशक्ति खटाउनु पर्ने कारण देखाउँदै आयोगले झन्डै आठ अर्ब बजेट माग भएको हो ।

निर्वाचन र पुननिर्माणका लागि खर्च जुटाउनका लागि सरकारले बजेटमा समावेश भएका अनुत्पादक आयोजनामा कटौती सुरू गरिसकेको छ । गृह मन्त्रालय र नेपाली सेनाले भने अझै बजेट माग गरेका छैनन् । गृह मन्त्रालयले शान्ति सुरक्षाका लागि चाहिने थप सामग्रीका विषयमा नेपाल प्रहरीसँग छलफल गरिरहेको छ ।

म्यादी प्रहरी भर्ना, शान्ति सुरक्षाका लागि चाहिने सुरक्षा सामग्री तथा नयाँ गाडी खरिदसम्म गर्नुपर्ने हुँदा विगतमा भन्दा बढी बजेट लाग्न सक्ने आकलन गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.