विगतजसाे यस वर्ष झिलिमिलि बत्तीको कारोबार नभएको व्यापारीहरूकाे भनाइ

कार्तिक ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
विगतजसाे यस वर्ष झिलिमिलि बत्तीको कारोबार नभएको व्यापारीहरूकाे भनाइ

काठमाडौं । विगतका वर्षजस्तो यो वर्ष झिलिमिलि बत्तीको कारोबार नभएको व्यापारीहरूले बताएका छन् । 

दीपावलीमा करिब ४० करोड रूपैयाँ बराबरको झिलिमिली बत्ती बिक्री हुने गरेको छ । नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशमप्रसाद देवकोटा विगतका वर्षहरूको तुलनामा बत्तीहरूको व्यापार केही घट्नसक्ने देखिएको बताउनुभयो । 

घर निर्माण कम हुँदै गएको र एकपटक किनेको बत्ती पुनः प्रयोग गर्न मिल्ने भएकाले पनि कारोबार केही घट्ने अनुमान गरिएको हो । अहिले टिकटक र फेसबुकका लागि भिडियो बनाउन प्रयोग हुने ‘वाटरफल’ लाइटहरूले बजार लिएका छन् । 

काठमाडौं विद्युत व्यवसायी संघका अध्यक्ष मिलन शिवाकोटीले पनि विगतका वर्षको तुलनामा यो वर्ष झिलिमिली बत्तिको बिक्री सन्तोषजनक नरहेको बताउनुभयो । कोभिडपछि निरन्तर घट्दो क्रममा रहेको झिलीमिली बत्तीको व्यवसायमा पछिल्लो समय सुधार आउन सकेको छैन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.