निर्यातमा नगद अनुदानको व्यवस्था पुन: गर्न सरकारसँग उद्योग वाणिज्य महासंघकाे आग्रह

आश्विन २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
निर्यातमा नगद अनुदानको व्यवस्था पुन: गर्न सरकारसँग उद्योग वाणिज्य महासंघकाे आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्यातमा नगद अनुदानको व्यवस्था पुन: गर्न सरकारसँग आग्रह गरेको छ ।

महासंघले नगद अनुदान स्थगनको निर्णयले लगानी, निर्यात र रोजगारीमा गम्भीर असर पर्ने भन्दै पुन: सञ्चालन गर्न आग्रह गरेको हो । नेपालमा वैदेशिक व्यापारमा निर्यातको स्थिति अति कमजोर भई व्यापार घाटा दिनानुदिन बढ्दै गईरहेको सन्दर्भमा सरकारले १३ वर्षदेखि दिँदै आएको अनुदान जारी राख्न महासंघले माग गरेको हो ।

गत बिहीबार उद्योग विभागले नगद अनुदानको व्यवस्था स्थगन गरेपछि व्यवसायीहरु निरुत्साहित भएका हुन् । १३ वर्षअघि ७४ अर्बको निर्यात भएकोमा गत वर्षमा २ खर्ब ७७ अर्ब पुगेको थियो । नगद अनुदानले व्यवस्था नियमित गरेर व्यावसायिक वातावरण सिर्जना गर्न व्यवसायीले माग गरेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.