निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरी काम गरिरहेका छौँ : उद्योगमन्त्री सिन्हा

मंसिर १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरी काम गरिरहेका छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सरकारले निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्नेगरी काम गरिरहेको बताउनुभएको छ ।

सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गर्ने, सरकारी नीतिगत र कार्यपद्धतिमा सुधार गर्नेगरी काम गरिरहेको जानकारी दिनुभयो । 

उहाँले वर्तमान सरकारले जेन-जी आन्दोलनको भावनाअनुसार सुशासनलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको मेरूदण्डको रूपमा रहेको निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्ने, लगानीको सुरक्षा गर्ने, लगानीको वातावरणमा सुधार गरी सरकारी नीतिगत र कार्यपद्धति दुवैमा सुधार गर्न प्रतिबद्ध मात्रै रहेका छैनौँ । त्यही दिशामा हामीले कार्यहरू अगाडि बढाएका पनि छौँ । अहिलेको सरकारले जेन-जी आन्दोलनको मर्मलाई केन्द्रमा राखेर आफ्नो कार्य गरिररहेको समेत जानकारी गराउँछु ।’

उहाँले वर्तमान सरकारको मुख्य कार्य तोकिएको समयमा निर्वाचन गराउनु रहेको दोहोर्‍याउनु भयो । सरकार सुशासन कायम र समयमा नै निर्वाचन गर्न प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.